INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–३ का ३६ वर्षीय रसुल फकिर भन्ने रसुल्वा फकिरविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असार १२ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतमा ०७९ असोज २७ गते दायर भएको मुद्दामा जिल्ला न्यायाधिश कपिलमणी गौतमको इजलासले मुल्तबीमा राख्ने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनुभयो ।

पीडित महिलालाई आरोपितले ०७९ असोज ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असोज १३ गते उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले असोज १४ गते उजुरी दर्ता गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १४ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

आरोपित फकिर हालसम्म पक्राउ नपरेको श्रेस्तेदार अर्यालले जानकारी दिनुभयो ।

अन्य

भिडियो