INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मुस्ताङका बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका चैलेका ३० वर्षीय राजन बिकलाई १२ वर्ष कैद  सजायको फैसला भएको छ ।

न्यायधिश इश्वर पराजुलीको २०८०असार १२ गतेको इजालसले आरोपितको कसुर ठहर गर्दै कैद संगै चार लाख रुपियाँ जरिबाना र १ लाख रुपियाँ क्षतिपुर्ति तिराउने फैसला गरेको हो ।

पीडित बालिकालाई आरोपित बिकले २०७९ जेठ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ जेठ ३० गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन जेठ ३० गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण २०७९ जेठ ३० गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो