३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–२ का ४२ वर्षीय गोविन्द राम भनिने गोबिन्द महराविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असार ६ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा २०७८ पुस ५ गते दायर भएको मुद्दामा जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलको इजलासले मुल्तबीमा राख्ने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनुभयो ।
पीडित महिलालाई आरोपितले ०७८ मङ्सिर १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २४ गते उजुरी दिनु भएको थियो । जिल्ला प्रहरी कार्यालयले मङ्सिर २६ गते उजुरी दर्ता गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २६ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।
आरोपित महराले हालसम्म पक्राउ नपरेको जिल्ला अदालतका श्रेस्तेदार अर्यालले जानकारी दिनुभयो ।