जिल्ला कारागार, झापामा रहेका मेचीनगर नगरपालिका–८ का २८ वर्षीय कैदी दीपेन्द्र भनिने देवेन्द्र थापाको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि असार ३ गते उपचारका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुरमा भर्ना गरिएका थापाको उपचारका क्रममा सोही दिन मृत्यु भएको जिल्ला कारागारका प्रमुख जीवनलाल पनेरूले बताउनु भयो ।
लागू औषध मुद्दामा जिल्ला अदालतले ०७८ असार १६ गते पाँच वर्षको कैद सजाय तोकेपछि सोही दिनदेखि कागारमा सजाय भुक्तान गर्दै आएका थिए ।
पीडित पक्षले सोही दिन शव बुझी मेचीनगर नगरपालिका–६ स्थित मेची खोलामा सद्गत गरेको छ ।