INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

बासँगढी नगरपालिका –८ ककौराकी ३८ वर्षीया राधिका थारूको हत्या प्रयास गरेको आरोपमा पीडित पक्षले देवर ३३ वर्षीय मिलन थारूविरूद्ध इलाका प्रहरी कार्यालय, मोतीपुरमा असार २ गते उजुरी दिएका छन् ।

घरायासी विवादमा पीडितलाई आरोपित असार २ गते कुटपिट गर्नुको साथै धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको पीडितका आफन्त दिपेन्द्र थारूले बताउनु भयो ।

प्रहारबाट पीडितको टाउको , हात र ढाडमा गम्भीर चोट लागेको छ । घाइतेको  असार २ गते कौशिल्या अस्पतालमा प्राथमिक उपचार पछि नेपालगञ्ज वेष्टर्न अस्पतालमा उपचार भइरहेको छ ।

आरोपित फरार रहेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, मोतीपुरका सई गगन गिरीले बताउनु भयो ।

अन्य

भिडियो