INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–२ की २९ वर्षीया जिरा विकलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति लालबहादुर विकलाई जेठ ३० गते  गिरफ्तार गरेको छ ।

आफूलाई दिनहुँ कुटपिट गरेको भन्दै पति विरुद्ध प्रहरी चौकी त्रिपुराकोट वगरमा ०८० जेठ २८ गते  पीडितले उजुरी दिनु भएको थियो ।

आरोपितलाई भोक्पा पाटनबाट गिरफ्तार गरिएको चौकी इन्चार्ज सई रुद्धबहादुर शाहीले जानकारी दिनु भयो ।

आरोपितले पीडितलाई जेठ २६ गते र २७ गते मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

अन्य

भिडियो