१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका –११ का २१ वर्षीय नुरआलम राईलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ ५ गते अपहरण तथा शरीर बन्धक गरेकोे भन्दै पीडित पक्षले जेठ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
घटनाको उजुरीका आधारमा प्रहरीले आरोपित र पीडित बालिकालाई भारतीय प्रहरीसँगको सहकार्यमा गिरफ्तार गरी पीडितलाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले बताउनु भयो ।
पीडित बालिका रहेको र भारतमा फेला परेकोले आरोपितविरूद्ध अपहरण तथा शरीर बन्धक, बलात्कार र मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान भइरहेको एसपी राठौरले बताउनु भयो ।
दुबै जनाको स्वास्थ्य परीक्षण जेठ २६ गते भेरी अस्पतालमा गरिएको छ ।