INSEC Online

📅 २०८३ जेष्ठ २१

पति विरुद्ध प्रहरी चौकी कार्यालयमा उजुरी दर्ता

त्रिपुरासुन्दरी नगरपालिका–२ की २९ वर्षीया जिरा विकले आफूलाई दिनहुँ कुटपिट गरेको भन्दै ३६ वर्षीय पति लालबहादुर विक विरुद्ध प्रहरी चौकी त्रिपुराकोट वगरमा जेठ २८ गते उजुरी दिनु भएको छ ।
प्रत्येक दिन मदिरासेवन गरी कुटपिट गर्दै आउनु भएका पति लालबहादुरले जेठ २६ र २७ गतेका दिनमा चिरपट दाउराले मरणासन्न हुने गरी कुटपिट गरेपछि बाध्य भएर प्रहरी चौकीमा उजुरी दिनु परेको पीडितले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।

कुटपिटबाट पीडितको गर्धन पछाडिको भागमा निलडाम छ । प्रहरी चौकी त्रिपुराकोटबाट दुई घण्टाको पैदल दुरीमा रहेको रुम गाउँमा आरोपितलाई गिरफ्तार गर्न प्रहरी जवान पठाइएको चौकी इन्चार्ज सई रुद्धबहादुर शाहीले जानकारी दिनु भयो ।

पीडित त्रिपुरासुन्दरी नगरपालिकास्थित स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फिर्ता  भएको नगर स्वास्थ्य चौकी संयोजक जुनकुमारी रोकायाले बताउनु भयो ।

अन्य

भिडियो