INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास कसुरमा ६ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको अभियोगमा बागलुङको ढोरपाटन नगरपालिका–८ का २१ वर्षीय श्याम वि.कलाई ६ वर्ष कैद सजायको फैसला भएको छ ।

न्यायाधिश दिवाकर भट्टको ०८० जेठ २५ गतेको आदेशले कैदसँगै २ लाख ५० हजार रुपियाँ जरिबाना र १० हजार रुपियाँ क्षतीपुर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका इजालास अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।

पीडित बालिकालाई आरोपितले ०७९ भदौ ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

आरोपितलाई जिल्ला अदालतको मंसिर ७ गतेको आदेशले पुर्पक्षको लागि थुनामा राखिएको थियोे ।

बालिकाको स्वास्थ्य परीक्षण असोज ५ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।

अन्य

भिडियो