३३ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका फरार आरोपित कौडेना गाउँपालिका–५ का ४१ वर्षीय सोहील खाँ भनिने मो. स्वयल खाँ पैठानविरुद्ध को मुद्दा जेठ १७ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला अदालतमा ०७८ साउन २९ गते दायर भएको मुद्दा जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।
पीडित महिलालाई आरोपितले ०७८ असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार २८ गते उजुरी दिनु भएको थियो।
जिल्ला प्रहरी कार्यालयले असार २९ गते उजुरी दर्ता गरेको थियो ।
घटना पश्चात आरोपित फरार रहेको इलाका प्रहरी कार्यालय कौडेनाको सई शिव कुमार सिंहले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार २९ गते जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।