INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राइनास नगरपालिपका– ९ निवासी ४५ वर्षीय पुर्ण बहादुर थापालाई लमजुङ जिल्ला अदालतले दुई महिना कैद सजायको फैसला गरेको छ ।

न्यायधिश शिवप्रसाद खनालको जेठ १७ गतेको इजलासले कैद संगै  १० हजार रुपियाँ जरिबाना, ३५ हजार रुपियाँ क्षतिपूर्ती र पीडित राहत कोषमा ४ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

पीडित बालिकालाई आरोपितले २०७९ कात्तिक २७ गते यौन दुर्व्यवहार गरेकाे भन्दै पीडित पक्षले २०७९ कार्तिक ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको उजुरीका आधारमा आरोपितलाई सोही दिन कात्तिक ३० गते प्रहरीले गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लमजुङ अस्पताल लमजुङमा कार्तिक ३० गते नै गरिएको थियो ।

अन्य

भिडियो