INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जेठ ४ गते तिरहुत गाउँपालिका–२ मैनाकडेरीका २७ वर्षीय खुर्सिद भन्ने कुर्सिद मियाँ गिरफ्तार भएका छन् ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मियाँलाई सोही दिन राजविराज कारागार पठाएको छ । कुर्सिद  मियाँको हकमा मद्दा मुल्तबीमा राख्ने फैसला न्यायाधीश इश्वरमणि ओझाको ०७८ पुस २१ गतेको इजलासले गरेको थियो ।

घरका अभिभावकहरू बिहान खेत गएका बेला आएका आरोपितहरूले ०७६ असार ८ गते घर भित्र प्रवेश गरी बालिकाको मुख थुनेर कुर्सिद र तिरहुत गाउँपालिका–२ मैनाकडेरीका २५ वर्षीय गुलाब मन्सुरीले बलात्कार गरेको भन्दै सोही दिन पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७६ असार ८ गते भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरूपले ०७६ असार १० गते उजुरी दर्ता गरेको थियो ।

आरोपितहरू फेला नपरेपछि जिल्ला अदालतमा ०७७ जेठ ११ गते अभियोगपत्र दायर भएकोमा अदालतले सोही दिन आरोपितहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले आरोपित मन्सुरीलाई ०७७ असोज ३० गते गिरफ्तार गरेको थियो । जिल्ला न्यायाधीश नारायण प्रसाद दाहालको इजलासले मन्सुरी ०७७ कात्तिक १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा थिए । जिल्ला न्यायाधीश इश्वरमणि ओझाको ०७८ पुस २१ गते इजलासले मन्सुरीलाई अभियोगबाट सफाई दिदै कुर्सिदको हकमा मुद्दा मुल्तबी राख्ने फैसला गरेको थियो ।

अन्य

भिडियो