१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बन्दिपुर गाउँपालिका– ५ कल्चोकका २२ वर्षीय बिनोद विकलाई साढे नौ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधिश कोमल प्रसाद आचार्यको जेठ ४ गतेको इजलासले कैद साथै पीडितलाई २५ हजार रुपियाँ क्षतीपूर्ती भराउने फैसला भएको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनु भयो ।
बालिकालाई विकले २०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए ।
प्रहरीले विकलाई २०७७ असार २४ गते गिरफ्तार गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण २०७७ असार २१ गते दमौली अस्पतालमा भएको थियो ।
जिल्ला अदालतको आदेशमा आरोपित २०७७ साउन १३ गते देखी पुर्पक्षकोलागि जिल्ला कारागारमा थुनामा राखिएको थियो ।