INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनामा पीडित महिलाको मृत्यु

छत्रदेव गाउँपालिका-१ की २१ वर्षीया सुमित्रा कुमाललाई बलात्कार गरी कुटपिट गर्दै घाइते बनाएको आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २२ वर्षीय रमेश वादीलाई असार १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ ३१ गते बेलुकी छ्त्रदेव गाउँपालिका-१ चिदिकामा बलात्कार गरी धानखोलामा कुटपिट गरी छोडेर भागेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

घटनाको सूचनाको आधारमा प्रहरीले पीडित महिलालाई उद्दार गरी जिल्ला अस्पताल पाल्पामा उपचारको लागि सोही दिन पठाएको थियो ।

पीडित महिलाको उपचारका क्रममा पाल्पा अस्पतालमा असार १ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदिपकुमार डिसिले जानकारी दिए ।

आरोपितलाई असार १ गते गुल्मी जिल्लाको दरबार-देविस्थान गाउँपलिकाबाट गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको इन्स्पेक्टर डिसिले बताए ।

अन्य

भिडियो