बलात्कार मुद्दामा दोषी ठहर भई हालसम्म फरार रहेका ब्यास नगरपालिका–२ का ४८ वर्षीय बिनोद शाक्यलाई २० वर्षपछि जेठ ३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
२०६० सालमा एक महिलालाई बलात्कार गरेको अभियोगमा शाक्यलाई तनहुँ जिल्ला अदालतले २०६० असोज २८ गते दोषी ठहर गर्दै पाँच वर्ष कैद फैसला गरेको थियो ।
शाक्य विरूद्ध मुद्दा दर्ता भएपछि फरार रहेकै अवस्था अदालतले शाक्यलाई दोषी ठहर गर्दै पाँच वर्ष कैदको फैसला गरेको थियो । शाक्यको खोजी गर्ने क्रममा ०८० जेठ ३ गते आफ्नै घरमा फेला पारी गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिनु भयो ।
शाक्यलाई जेठ ३ गते तनहुँ जिल्ला अदालतमा उपस्थित गराई कानुन बमोजिम तोकिएको पाँच वर्ष कैद भुक्तानको लागि तनहुँ कारागार कार्यालय पठाइएको डिएसपी खाँणले जानकारी दिनु भयो ।