३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विष्णु गाउँपालिका–८ का ४० वर्षीय दिपेश कुमार पासवानविरुद्ध को मुद्दा सर्लाही जिल्ला अदालतले वैशाख २० गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा २०७९ साउन १६ गते दायर भएको मुद्दा न्यायाधिश कमल प्रसाद पोखरेलको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनुभयो ।
पीडित महिलालाई आरोपितले ०७९ जेठ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार ५ गते उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले ०७९ असार १३ गते उजुरी दर्ता गरेको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७९ असार १३ गते जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।
आरोपित पासवान हालसम्म पक्राउ नपरेको जिल्ला अदालतको श्रेस्तेदार अर्यालले जानकारी दिनुभयो ।