INSEC Online

📅 २०८३ जेष्ठ २१

ढुङ्गा प्रहार गरी एक जना महिलाको हत्या

परशुराम–५ बसगौराकी ६३ वर्षीया गोमती थापा मगरको ढुङ्गा प्रहार गरी वैशाख ७ गते हत्या गरिएको छ ।

परशुराम नगरपालिका–४ रज्यौडाका गोपाल राउटेले महिलाको टाउँकोमा ढुङ्गा प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ ।

घटनाका सन्दर्भमा खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कायालय, जेगुबडाको प्रहरी टोली घटनास्थल पुगेको भएपनि महिलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर गंगादत्त बडुले बताउनु भयो ।

मृतक थापा मगरको शव हाल जोगबुढा अस्पतालमा राखिएको र घटनामा संलग्न व्यक्ति फरार रहेकाले खाजी कार्य जारी रहेको समेत इन्स्पेक्टर बडुले जानकारी दिनु भयो ।

फरार अभियुक्तको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय, डडेल्धुराबाट इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशी नेतृत्वको टोली खटीएको छ ।

अभियुक्त पक्राउ परेपछि मात्र हत्याको कारण पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जोशीले जानकारी दिनु भयो ।

अन्य

भिडियो