INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैद सजायको फैसला

१४ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत मोरङले जेठ २९ गते केरावारी गाउँपालिका-६ का १९ वर्षीय श्यामकुमार परियारलाई तीन वर्षकैद फैसला सुनाएको छ ।

न्यायाधीश पुष्पराज थपलियाको इजलासले परियारलाई तीन वर्षकैद सजायको फैसला गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले बताए ।

पीडित बालिकालाई परियारले ०७३ फागुन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन २२ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपित परियारलाई फागुन २२ गते नै गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

अन्य

भिडियो