१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।
बलात्कार प्रहरीले १७ वर्षीय एक बालक, बुटवल उपमहनपा–९ का २२ वर्षीय विनोद थापालाई वैशाख ३ गते र २३ वर्षीया किरण खातीलाई वैशाख ४ गते घरबाट गिरफ्तार गरेको हो ।
पीडितलाई आरोपितहरूले वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
नयाँ वर्ष मनाउने बहानामा बलात्कार गरेको र कसैलाई नन्न धम्की दिएको पीडित पक्षले बताए ।
उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।