INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएकी बलात्कार पीडितलाई इन्सेकको सहयोग

१६ वर्षीया अपाङ्गता भएकी बलात्कार पीडित बालिकालाई कानुनी प्रक्रियामा सहयोगको लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले चैत २८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडित पक्षले चैत १९ गते इन्सेक जिल्ला प्रतिनिधि लक्ष्मी थारूसँग भेटघाटको क्रममा सहयोग गर्न अनुरोध गर्नुको साथै इन्सेक लुम्बिनी प्रदेश कार्यालयमा निवेदन दिनु भएको थियो ।

पीडतको सन्दर्भमा बर्दिया जिल्ला बढैयाताल गाउँपालिका –८ वडा कार्यालयले सहयोगका लागि चैत २३ गते  सिफारिस गरेको थियो ।

पीडितलाई आरोपितले फागुन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३ गते बढैयाताल गाउँपालिका –८ का ४३ वर्षीय बाबुराज थापामगरविरूद्ध इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई फागुन ३ गते घरबाट गिरफ्तार गर्‍यो । सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा जबरजस्ती करणी शिर्षकमा फागुन २६ गते मुद्दा दर्ता भयो ।

बालिका अनाथ भएको कहिले मामाघर त कहिले सानिआमाको घरमा आश्रय लिने गरेको र मानसिकरुपमा अपाङ्गता भएकी बालिकाको साहार कोही नभएको पीडित पक्षले बताए ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ३ गते बर्दिया जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो