INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास तथा नगद लुटेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

६१ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार प्रयास तथा नगद लुटेको कसुरमा मध्यनेपाल नगरपालिपका– ४ निवासी २९ वर्षीय विनोद वि.क लाई जिल्ला अदालतले आठ वर्ष कैद र ७ हजार ५ सय रुपियाँ क्षतिपूर्ती र ३ लाख जरिबानाको फैसला गरेको छ ।

 शिवप्रसाद खनालको चैत २१ गतेको  इजलासले उक्त  फैसला गरेको हो ।

पीडितलाई वि.कले ०७९ असार ३२ गते मध्यनेपाल नगरपालिका–४ को वडा कार्यालयबाट ज्येष्ठ नागरिक भत्ता बुझेर फर्कने क्रममा जलदेवी सामुदायिक वनमा बलात्कार प्रयास तथा भत्ता पाएको रकम लुटेर लगेको भन्दै पीडितले आरोपित विरूद्ध साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएकाे थियाे ।

आरोपितलाई प्रहरीले साउन १ गते गिरफ्तार गरेको थियो । पीडितको लमजुङ अस्पताल लमजुङमा साउन १ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।

अन्य

भिडियो