INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा क्व्होलासोथार गाउँपालिपका– ४ निवासी २५ वर्षीय देउबहादुर वि.क.लाई जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ भने १ लाख रुपियाँ क्षतिपूर्ती र ४ लाख रुपियाँ जरिवाना तोकेको छ ।

न्यायधिश शिवप्रसाद खनालको चैत २० गतेको एकल इजलाशले उत्त फैसला गरेको हो ।

पीडित बालिकालाई ०७९ जेठ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जेठ ४ गते उजुरी दर्ता गरेका थिए ।

आरोपितलाई प्रहरीले सोही दिन जेठ ४ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको लमजुङ अस्पताल लमजुङमा ४ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।

अन्य

भिडियो