INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाँउपालिका–३ का ५७ वर्षीया देउमान विश्वकर्माविरूद्व चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडितलाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्व  चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिककी आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

घटनापछि फरार भएका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १९ गते गरिएको छ ।

अन्य

भिडियो