१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाँउपालिका–३ का ५७ वर्षीया देउमान विश्वकर्माविरूद्व चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडितलाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्व चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिककी आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
घटनापछि फरार भएका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १९ गते गरिएको छ ।