२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६३ वर्षीय नातेदारलाई चैत १६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १६ जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी. भोजराज पाण्डेले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको डाक्टर महम्मद नुरुल होदाले बताउनु भयो ।