११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई चैत १४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द प्रसाद रिजालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १४ गते अर्घाखाँची अस्पताल सन्धिखर्कमा गरिएको छ ।