बलात्कार पीडित १७ वर्षीया बालिकाको परिवारलाई न्यायिक प्रक्रियामा अगाडि बढ्न इन्सेकले चैत १२ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
बालिकाको आमाले आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेकोले न्याय प्रक्रियामा सहयोग पु[र्याउन पहल गरिदिन भन्दै माघ १२ गते इन्सेकमा निवेदन दिनु भएको थियो ।
सन्धीखर्क नगरपालिका–५ को वडा कार्यालयले पीडितलाई सहयोगका लागि सिफारिस गरेको थियो । इन्सेक जिल्ला प्रतिनिधि कूलबहादुर नेपालीले पीडित परिवारलाई ८ हजार रूपियाँ सहयोग प्रदान गर्नु भएको छ ।
पीडित बालिकालाई ०७९ वैशाख ९ गते सन्धिखर्क नगरपालिका– ५ का २१ वर्षीय बलबहादुर मुखिया कुमालले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई कात्तिक १३ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कातिक १३ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको थियो ।