INSEC Online

📅 २०८३ जेष्ठ २१

ठेकेदारको लापरवाहीले निर्माणाधिन अस्पताल अलपत्र, स्थानीयलाई सास्ती

जिल्लाकै सबैभन्दा विकट मानिने तमानखोला गाउँपालिकाका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउँने उद्देश्यले ०७७ सालमा निर्माण सुरू गरिएको पालिकास्तरीय अस्पताल ठेकेदारको लापरवाहीका कारण अलपत्र बनेको छ ।

समयमै अस्पताल निर्माण कार्य सम्पन्न नहुँदा यहाँका स्थानीय उपचारबाट वञ्चित बनेका छन् । सरकारको एक पालिका, एक आधारभूत अस्पताल नीति अनुसार तमानखोला गाउँपालिका–५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणा गर्न सुरू गरिएको थियो ।

अस्पताल निर्माणका लागि ०७७ असार २० गते ज्ञान ज्योति–कुँवर आयोजना जेवीले जिम्मा पाएको थियो । १३ करोड लागतमा निर्माण हुन लागेको अस्पतालको हालसम्म १२ वटा पिल्लर ठड्याउनु बाकेह अरू काम हुन सकेको छैन् । हालसम्म निर्माण सम्पन्न भइसक्नु पर्ने भएपनि  अस्पतालको काम करिब १० प्रतिशत मात्रै सकिएको छ ।

गाउँमै अस्पताल बनेपछि सामान्य विरामी पर्दा उपचारको लागि बुर्तिवाङ जानुपर्ने समस्या हट्ने भन्दै खुसी बनेका स्थानीय अस्पताल निर्माणको काम अलपत्र बनेपछि निरास भएका छन् ।

‘गाउँमा स्वास्थ्य चौकी भएपनि सामान्य रूघा, खोकी बाहेक उपचार हुँदैन,’ स्थानीय पूर्णबहादुर विक भन्नुहुन्छ, ‘गाउँमै अस्पताल बनेपछि सहज स्वास्थ्य उपचार हुने भो भनेर खुसी भएको अबत अस्पाल बन्छ भन्नेमै शंका लाग्न लागेको छ ।’

अस्पताल निर्माण सम्पन्न हुनुपर्ने समयमा आर्थिक वर्ष ०८० पुस २० गते सम्मको लागि निर्माण कम्पनीले म्याद थपेको छ । निर्माण कम्पनीलाई पटक पटक काम गर्न आग्रह गरेपनि बहाना बनाएर काम नगरेको वडा नम्बर ५ का अध्यक्ष हिराबहादुर वि क बताउनुहुन्छ ।

‘अस्पताल समयमै बनोस भनेर वडा कार्यालयले विद्युत, खानेपानी र कामदारलाई बस्ने बासको समेत व्यवस्था गरेका थियौं,’ विकले भन्नुभयो, स्थानीय र जनप्रतिनिधिको समेत साथ हुँदा पनि निर्माण कम्पनीले अलमल गरिरहेको छ ।’

अस्पताल संघीय सरकारले विनियोजन गरेको बजेटबाट निर्माण हुन लागेको हो । सघन सहरी तथा भवन निमार्ण आयोजना कार्यालय बागलुङकी प्रमुख सुनिता श्रेष्ठले थपेको म्यादसम्म काम नगरे ठेक्का रद्द गर्ने बताउनुभयो ।

अन्य

भिडियो