INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’को आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

बसबरीया गाउँपालिका–१ मानपुरकी ४६ वर्षीया सकिला खातुनलाई ‘कथित बोक्सी’को आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने प्रयास गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय राहुल भण्डारी र २९ वर्षीय सुुनिल यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा चैत ७ गते उजुरी दिएको छ ।

माघ २८ गते घरमा आइ ‘बोक्सी’को आरोपमा गालिगलौज गर्दै कुटपिट समेत गरेको भन्दै पीडितले चैत ५ गते इलाका प्रहरी कार्यालय हरकठवामा घटना बारे जानकारी गराइ शान्ति सुरक्षाको लागि आग्रह गरेपछि आरोपितहरूले पुनः कुटपिट गरेको पीडित सकिला खातुनले बताएकी छिन् ।

कानूनी प्रक्रियामा अघि बढेपछि घटनालाई स्थानीय स्तरमै मिलापत्र गर्नका लागि चैत १ गते राति आरोपित पक्षबाट दबाब आएको पीडितको आरोप रहेको छ ।

पीडित महिलाको उपचार माघ २९ गते हरकठवा स्वास्थ्य चौकीमा भएको थियो भने थप उपचारका लागि माघ २९ गते नै सर्लाही जिल्ला अस्पताल मलङ्गवा र माघ ३० गते प्रादेसिक अस्पताल जनकपुर लगिएको थियो ।

घटना बारे अनुसन्धान गरी दोषी उपर कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी कैलास राईले जानकारी दिनु भयो ।

पीडित महिलाको घाउजाँच परीक्षण पुनः चैत ७ गते सर्लाही जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो