INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसुरमा आठ महिना कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १६ वर्षीय बालकलाई चैत ५ गते ८ महिना कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपित बालकलाई ८ महिना कैद, ७ हजार रुपियाँ जरिवाना, २० हजार रुपियाँ क्षतिपूर्ति र फौजदारी कसुर पीडित राहत कोषमा २ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसला सुनाएको छ ।
आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७८ मङ्सिर २२ गते उजुरी दिनुभएको थियो । बिद्यालयबाट पढेर ०७८ मङ्सिर १४ गते घर फर्किरहेका बेला बाटोमा पर्ने बाँसघारीमा समातेर आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७८ मङ्सिर २२ स्वास्थ्य परीक्षण भएको थियो । आरोपितविरुद्ध ०७८ मङ्सिर २३ गते पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले आरोपितलाई ०७९ जेठ ९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०७९ जेठ २४ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले जेठ २६ गते आरोपितलाई संरक्षकको जिम्मा लगाएको थियो ।

अन्य

भिडियो