INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलपछि चौथो मानव अधिकार कार्ययोजना कार्यान्वय समितको बैठक सम्पन्न

प्रधानमन्त्रीको कार्यालयले वर्षीय मानव अधिकार चौथो राष्ट्रिय कार्ययोजना निर्माण गरी कार्यन्वयका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यन्वयन समिति गठन गरेको भएपनि कपिलवस्तुमा उक्त समितको बैठक लामो समयदेखि बस्न सकेको थिएन ।

करिव २ वर्षदेखि बैठक बस्न नसक्दा सरकारले तय गरेका मानव अधिकारसम्बन्धी कार्ययोजनाको उद्धेश्यहरू पुरा गर्न नसकिरहेको अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिले सो बैठकका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीको ध्यान आकृष्ट गराएपछि इन्सेक प्रतिनिधिकै पहलमा ०७४ जेठ २४ गते बैठक बसेको हो ।

इन्सेक अनलाइनमा सो समितिको बैठक बस्न नसकेको कुरा प्रकाशन गरेसँगै प्रमुख जिल्ला अधिकारीले सो बैठक बसालेको बताए । इन्सेक प्रतिनिधि र मानवअधिकार निगरानी समूहकी संयोजक माया ज्ञवालीसहितको प्रतिनिधि मण्डलले जेठ २१ गते भेटी सो विषयमा पुनः ध्यान आकृष्ट गराएसँगै सो बैठक डाकिएको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकमा इन्सेक प्रतिनिधि नन्दराम पौडेलले चौथो मानव अधिकार कार्ययोजनाको उद्धेश्य, जिल्लामा कार्यन्वयनको अवस्था र सन २०१७ को ६ महिनाको घटना सार्वजनिक तथा समग्र मानव अधिकारको अवस्थाबारे आधारपत्र पेश गरेका थिए ।

बैठकमा सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू मानव अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

अन्य

भिडियो