राजविराज नगरपालिका–१ पडरियामा १९ वर्षीया बालिकाको २०७९ फागुन २५ गते राति हुन लागेको बालविवाह सप्तरी प्रहरीले रोकेको छ ।
स्थानीयवासीको सूचनाका आधारमा विवाहस्थल पुगेको प्रहरीले फागुन २५ गते राति विवाहस्थलबाटै बालिकाका बुबा उमेशप्रसाद साहलाई नियन्त्रणमा लिएपछि विवाह रोकिएको हो ।
बलिकाको विवाह सुनसरीको हरीनगर गाउँपालिका–३ का रामेश्वर साहका छोरा मोहनकुमार साहसँग हुने निश्चित भएको थियो । बालविवाह गरे कानुन बमोजिम कारबाही हुने बताएपछि सुनसरीबाट सप्तरीका लागि निस्किएको जन्ती बाटोबाटै फर्किएको छ ।
नियन्त्रणमा परेका साहले उमेर पुगेपछि मात्र छोरीको विवाह गर्ने सहमति जनाएपछि फागुन २६ गते उनलाई रिहा गरिएको डिएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो ।