INSEC Online

📅 २०८३ जेष्ठ २१

थप दाइजो नल्याएको भन्दै पतिद्वारा पत्नीलाई कुटपिट

बसवरीया गाउँपालिका–६ सोहडवा माइती भएकी २२ वर्षीया रागनी कुमारी साहलाई थप दाइजो बापत एक थान मोटरसाइकल र नगद ७० हजार रुपियाँ नल्याएको भन्दै बसबरीया गाउँपालिका–४ धनगढाका २४ वर्षीय पति राकेश साहले माघ १४ गते कुटपिट गरेको छ ।

पीडितले पति राकेश साह र ४८ वर्षीय ससुरा रामकिशोर साहविरूद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन १९ गते दाइजो नदिएको कारणले कुटपिट गरको भन्दै उजुरी दिनु भयो ।

पतिको कुटपिटबाट रागनी कुमारी साहको टाउकोमा चोट  लागेको  र बाँया खुटामा चार ओटा टाँका लगाइएको पीडितका बुबा ४७ वर्षीय खुबलाल साहले बताउनु भयो ।

घाइतेको सामान्य उपचार माघ १५ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरेपछि थप उपचार जनकपुर अञ्चल अस्पतालमा गरिएको पीडितको बुबा साहले जानकारी दिनु भयो ।

रागनी कुमारी साह र राकेश साहबीच २०७८ जेठ १६ गते हिन्दु परम्परा अनुसार विवाह भएको थियो । विवाहमा दुई लाख रुपियाँ नगद र एक तोला सुन तथा घरायसी समानहरू दिएपनि पीडितलाई थप दाइजो नल्याएको भन्दै कुटपिट गर्ने गरेको पीडितका बुबा साहले बताउनु भयो ।

आरोपित पति तथा ससुरा फरार रहेकाले खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर राकेश यादवले जानकारी दिनु भयो ।

अन्य

भिडियो