१८ महिने छोरीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले जैमिनी नगरपालिका–४ सर्कुवाका २७ वर्षिय सायर दिन मियालाई फागुन १८ गते गिरफ्तार गरेको छ ।
फागुन १७ गते साँझ पत्नी घरमा नभएको समयमा मियाले छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी गंगाबहादुर थापाले बताउनुभयो ।
मियाले मादक पदार्थ तथा लागु औषध सेवा गरी श्रीमतीलाई कुटपिट गरेर माइत लखेटी छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थापाले बताउनुभयो ।
प्रहरीले बालिकाको शव पोष्टमार्टमको लागि फागुन १८ गते धौलागिरी अस्पताल बागलुङ ल्याएको छ ।