INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा हिरासत कक्ष र कारागार अनुगमन, नेपाल मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले फागनु १६ गते डडेल्धुरा जिल्लास्थित हिरासत कक्ष र जिल्ला कारागारको अनुगनम गर्नुको साथै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तारन्तरण गरेको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जाशी सम्मेलित टोलीले जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्ष र जिल्ला कारागार, डडेल्धुराको अनुगमन गरेको हो ।

photo20230228dadeldhura (5)

इन्सेक प्रदेश संयोजक जोशीले प्रमुख जिल्ला अधिकारी विश्वराज अधिकारी, जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर जोशी, शसस्त्र प्रहरीका डिएसपी जनकराज उपाध्यय र जिल्ला कारागारका सहायक जेलर रजीनसिंह दुनवारलाई भेटी नेपाल मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण गर्नु भएको साथै मानव अधिकारको अवस्थाका बारेका छलफल गरिएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी विश्वराज अधिकारीले नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको विश्वासनिय स्रोत पुस्तीकाका रुपमा रहेको, नेपाल मानव अधिकार वर्ष पुस्तकमा मुलुकको समग्र मानव अधिकारको अवस्थालाई समेट्ने गरीएको र यस पुस्तकले सरोकारवालाहरुलाई मानव अधिकारप्रति थप जिम्मेवार र जवाफदेही बनाउन सहयोग गरेको अनुगमन टोलीसँग बताउनु भयो ।

photo20230228dadeldhura (6)

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिसपी मनोहर जोशीले इन्सेकको सहयोग र समन्वयमा विगतका दिनहरुमा प्रहरीले मानव अधिकार संरक्षण र सम्वर्धनका क्षेत्रमा काम गर्न सहज भएको र आगामी दिनहरुमा पनि इन्सेकसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

उहाँले जिल्ला प्रहरी कार्यालयमा राखिने थुनुवाहरुलाई मानवचित व्यवहार गरिने गरिएको र कानुन अनुसार प्रविधिको प्रयोग गरी वैज्ञानिक तरिकाबाट अनुसन्धान कार्य गर्ने प्रयासहरु जारी गरिएको बताउनु भयो ।

photo20230228dadeldhura (3)

हिरासतका राखिएका थुनुवाहरुसँग समते इन्सेक टोलीले भेटघाट गरेको थियो । भेटघाटका क्रममा आफूहरुलाई शरीरिक तथा मानसिक यातना नदिइएको थुनुवाहरुले बताउनु भएको थियो ।

यसैगरी इन्सेक प्रदेश संयोजक जोशी सम्मेलित अनुगमन टोलीले डडेल्धुरा जिल्ला कारागारामा रहेका कैदीबन्दीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेको थियो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक जोशीले कारागार सुधार गृह भएकोले कैदीबन्दीका आधारभूत अधिकारको अवस्थाका सन्दर्भका जानकारी लिन इन्सेकले विगत लामो समयदेखि कारागार अनुगमन गरी आवश्यक सुधारका लागि सम्बन्धीत सरोकारवाला पक्षलाई सझावहरु दिदै आएको बताउनु भयो ।

कैदीबन्दीहरुसँगको भेटघाट तथा अन्तरक्रियाका क्रममा कारागारमा खानेपानी, शौचालन, स्वास्थ्य चेकजाँच र बस्नका लागि कुनै समस्या नभएको कैदी देविलाल भट्टले बताउनु भयो ।

उहाँले कारागारमा पुस्तकालयको स्थापना, बत्ती जाने भएकोले सोलार जडान र केही कोठाहरुमा टेलीभिजनको व्यवस्थाका लागि पहल गरि दिन समेत इन्सेकलाई अनुरोध गर्नु भएको थियो ।

photo20230228dadeldhura (1)

कैदी कल्पना रोकायले आफूहरु कारागारमा कैद भुक्तान गरिरहेको भए पनि कारागार व्यवस्थापन राम्रो भएकोले आफूहरुले कैदी जिवन विताइ रहेको अनुभूत नभएको बताउनु भयो ।

उहाँले कारागारका कर्मचारी, प्रहरी र स्वास्थ्यकर्मीहरुले घरपरिवारसँग गर्ने व्यवहार गर्ने गरेको, स्वास्थ्य चेकजाँच नियमित रुपमा गरिने गरिएको, खान, बस्न कुनै समस्या नभएको, शौचालय, खानेपानीको राम्रो व्यवस्था भएको र समय समयमा योग शिविरहरु समेत सञ्चालन हुँदै आएको बताउनु भयो ।

photo20230228dadeldhura (4)

१ सय २५ जना पुरुष  र २५ जना महिलाको क्षमता रहेको जिल्ला कारागार, डडेल्धुरामा हाल १ सय १२ जना पुरुष र १४ जना महिला कैदीबन्दीहरु रहेका र कारागारमा आवश्यक आधारभूत सेवाहरु कैदीबन्दीले प्राप्त गरेको अनुगमनका क्रममा पाइएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले बताउनु भयो ।

अन्य

भिडियो