१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा दुल्लू नगरपालिका–८ मेहलपानीका ५४ वर्षीय बलबहादुर भण्डारीलाई जिल्ला अदालतले फागुन १२ गते एक महिना कैद, १ हजार जरिबाना र २ सय रुपियाँ पीडित राहत कोषमा तिर्नुपर्ने फैसला गरेको छ ।
मङ्सिर २३ गते पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट फागुन १२ गते उक्त फैसला भएको सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीले मङ्सिर २४ गते घटनास्थलबाट आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान थालेको थियो । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते दैलेख जिल्ला अस्पतालमा भयो ।
प्रहरीले गरेको अनुन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा ०७९ पुस १६ गते बाल यौन दुरुपयोग कसूरमा अभियोग दर्ता गराएको थियो ।
अभियोग सम्बन्धमा पुस १६ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट आरोपितलाई २ लाख रुपैयाँ धरौटी तारेखमा छाडिएको थियो ।