झिमरुक गाउँपालिका — ५ की ५५ वर्षीया पवित्रा खनालको हत्या गरेको आरोपमा प्रहरीले उनका पति ६० वर्षीय छविलाल खनाललाई फागुन १० गते घरबाट गिरफ्तार गरेको छ ।
दुबै जनाले फागुन ८ गते मादक पदार्थ सेवन गरेको र बान्ता गरे पछि पत्नीको मृत्यु भए पछि आरोपितले शव बोरामा राखेर घर नजिकैको खोल्सामा फालेको बयान दिएको प्रहरीले जनाएको छ ।
मृतक पक्षले हत्या गरेको भन्दै आरोपित विरूद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
उजुरीका आधारमा आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशिल थापामगरले बताउनु भयो ।
घटनाको बारेमा छिमेकी कसैलाई थाहा नभएको झिमरुक गाँउपालिका — ५ वडा अध्यक्ष बासुदेव पोख्रेलले बताउनु भयो ।
शवको पोष्टमार्टम फागुन ११ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।