आमा बुवाले छाडेका ६ वर्षीय अपाङ्गता भएका बालक बेवारिसे अबस्थामा जीबन बिताउदै आएका छन् ।
भूमिकास्थान नगरपालिका –७ बरबास स्याला थापा टोलका ०७३ मा जन्मिएका बालका बुवा आमाले अभावमा बेवारिसे अवस्थामा बाच्न बाध्य छन् ।
आमाले १३ महिने बालक छाडेर अर्कैसँग गएकी र बुवा पनि ससुरालीमा छाडेर भारतमा रोजगारीका लागि गए पछि अरुकै दुध खाएर बाँचेका नाती पनि अपाङ्गता भएको बालकका हजुर बुवा जगबीर थापा मगरले बताउनु भयो ।
बालक बोल्न र बुझ्न सक्दैन । जे पायो त्यही खान्छ, केटा केटीलाई टोक्छ, दिउँसो कोही नहुँदा यता उता हिड्छ, कतै जाला केही होला भनेर खुट्टामा बाँधेर राख्ने गरिएको छ ।
भूमिकास्थान नगरपालिका –४ धारापानी मईनडाँडा वडा सदस्य पुष्कर भुसालले— बालकलाई त्यसरी पालेका छन् भन्ने पहिला थाहा थिएन । हिजो आज थाहा भयो उसको उद्धार गर्न र जन्म दर्ता गराई अपाङ्गता प्रमाण पत्र बनाउन बालकका हजुर बुवा जगबीर थापा मगरसँग कुरा भएको बताउनु भयो ।