INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचारको प्रभाव: विद्यार्थीहरूलाई स्टेशनरी र सुत्केरी तथा ज्येष्ठ नागरिकहरूलाई कपडा वितरण

बेनिघाट रोराङ गाउँपालिका-२ मासखर्क पञ्चकन्या आधारभुत विद्यालयमा अध्यायन गर्ने र अन्य बालबालिका गरी ७० जना समूदायका चेपाङ विद्यार्थीहरूलाई ०७९ फागुन ४ गते स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

कक्षा तीनसम्म सञ्चालन भएको पञ्चकन्या आधारभुत विद्यालयमा अध्यायन गर्ने अति विपन्न चेपाङ परिवारका बालबालिकाहरूको लगाउने कपडा तथा खानेकुरा र विद्यालयमा पढ्नका लागि स्टेशनरी समेत अभाव भएको सामाचार इन्सेक अनलाइनमा “आगो तापेर रात कटाउँछन् चेपाङ समूदाय” शिर्षकमा माघ ४ गते प्रकाशन भएको थियो ।

IMG_20230216_144419

समाचार प्रकाशित भएपछि चेपाङ समूदायका सुत्केरी महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि सहयोग सङ्कलन भएको थियो ।

मासखर्कमा पढ्ने ५९ जना र अन्य ११ बालबालिकाहरूलाई कापी, डटपेन, सिसाकलम, इरेजर, साइनपेन, लगायतका सामग्री विद्यालयमा पुगेर वितरण गरिएको हो।

यसैगरी गाउँका सुत्केरी महिला, जेष्ठ नागरिकहरूका लागि कपडा वितरण गरिएको छ । साडी, धोती, ओड्ने तथा लगाउने न्यानो लुगा लगायतका कपडा महिलाहरूका लागि वितरण गरिएको थियो ।

IMG_5093

एकसरो कपडा समेत नभएर चिसो समयमा आगो तापेर रात कटाउने मासखर्कबासीले कपडा पाएपछि खुसी व्यक्त गरेका छन् ।

स्टेशनरी तथा कपडा वितरण कार्यक्रममा सहयोगी महिला जागतरण मञ्चका अध्यक्ष राधा श्रेष्ठ, सचिव सबिना श्रेष्ठ, मनमोहन अस्पतालमा कार्यरत समाजसेवी डा. मनोर सैयद, लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सेन्टरका रोशनकुमार श्रेष्ठ, पत्रकार तथा मानव अधिकारकर्मी सीताराम अधिकारी, सामाजिक कार्यकर्ता तुलसीजंग थापा, सहयोगी महिला जागरण मञ्चका सदस्य कृष्णदेवी शाही लगायतले स्टेशनरी र कपडा वितरण गर्नुभएको थियो ।

IMG_5085

स्टेशनरी तथा कपडा वितरणका लागि सहयोगी महिला जागतरण मञ्चका अध्यक्ष राधा श्रेष्ठ, सचिव सबिना श्रेष्ठ, सदस्य कृष्णदेवी शाही, मनमोहन अस्पतालका डाक्टर मनोर सैयद, लायन्स क्लबअफ काठमाण्डौ युनाइटेड सेन्टरका रोशनकुमार श्रेष्ठ, रोशनी कर्माचार्य, सोमी श्रेष्ठ, सुचिता श्रेष्ठ, सपना ताम्राकार उदास, नेशनल बाथरोग सेन्टरका निर्देशक रोशन कक्षपति, सरला पन्ची, सामाजिक कार्यकर्ता तुलसीजंग थापा, बेदना ब्रजाचार्य, मलेसियामा कार्यरत सागर लगायतले इन्सेक अनलाइनमा प्रकाशन भएको आगो तापेर रात कटाएको समाचार पढेपछि सहयोग उपलब्ध गराउनु भएको हो ।

मासखर्क पुगेपछि सामाजिक कार्यकर्ता मनमोहन अस्पतालका डा. मनोर सैयदले विद्यालयमा अध्यायनरत ५९ जना विद्यार्थीका लागि जुत्ता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

IMG_20230216_144741

अन्य

भिडियो