INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुदारलाई २० वर्ष कैदको फैसला

१३ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई कर्जन्हा नगरपालिका–३ का घेमा भन्ने रामचन्द्र मुसहर सदाले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले २० वर्ष कैदको फैसला माघ २९ गते गरेको छ ।

जिल्ला अदालतका न्याधीश काजीबहादुर राईको एकल इजलाशले सो फैसला गरेको हो । पीडितलाई २० हजार क्षतीपुर्ती दिने समेत फैसला भएको हो ।

बालिकालाई ०७७ भदौ १० गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ २७ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ २७ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई भदौ २७ गते गिरफतार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित असोज २० गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

 

अन्य

भिडियो