१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फलेवास नगरपालिका– ९ भंगराका ४८ वर्षीय दलबहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालय पर्वतले माघ २७ गते गिरफ्तार गरेको छ ।
बालिकालाई माघ २७ गते घरमा बसिरहेको समयमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका आफन्तले माघ २७ गते नै जिल्ला प्रहरी कार्यालय पर्वतमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको थियो ।
पीडित बालिकाका आफन्तले माघ २८ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा लिखित उजुरी दिएका थिए । सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले माघ २९ गते सरकारी वकिल कार्यालय मार्फत १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिनुभयो ।
पीडित बालिकाको माघ २९ गते पर्वत अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।