बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् ।
जसका कारण बाल सुधार गृहमा झडप हुने देखि लिएर आरोपितहरू भाग्ने गरेको बाल सुधार गृहकी प्रमुख बिमला काउचा मगरले बताउनु भयो ।
दुई अलग्गै भवनमा बसेका आरोपितहरुबिच माघ २३ गते झडप भयो । झडपमा दुई जना घाइते भए । घाइतेहरूको सुधार गृहमै सामान्य उपचार भयो ।
पुरानो भवन र नयाँ भवनका आरोपितबिच सुर्ती राखेको विषयमा विवाद हुँदा आक्रोसित भीडले टेबुल ,खाना बनाउने भाँडा, च्यानल गेटको ताल्चा र ढोका तोडफोड गरेका थिए । सुरक्षाकर्मीहरूका अनुसार झडपमा इँटा प्रयोग गरि दोहोरो झडप भएको बाल सुधार गृह स्रोतले जनाएको छ ।
नयाँ भवनमा १८वर्ष मुनिका बालक रहेका छन भने पुरानो भवनमा १८ भन्दा माथि उमेर समूहका रहेका छन ।
बाल सुधार गृहमा २ सय २३ जना रहेकोमा १८ वर्ष भन्दा माथिका ९५ जना रहेका छन् । सुधार गृहमा प्रयाप्त सीसी क्यामेरा, प्रहरी र स्वास्थ्यकर्मीको दरबन्दी नभएका कारण समस्या रहेको प्रमुख काउचा मगरले बताउनु भयो ।
उक्त घटनाको इन्सेकका अधिकृत विनोद पाण्डे, इन्सेक जिल्ला प्रतिनिधि लक्ष्मी चौधरीले अनुगम गरेका थिए ।