१४ वर्षीया बालिकासँग बालविवाह र हाडनाता करणी गरेको आरोपमा २१ वर्षीय युवक माघ २१ गते गिरफ्तार भएका छन् ।
छोरी बेपत्ता भएको भन्दै माघ १२ गते हुलिया जाहेरी दिएका बालिकाका बुबाले बालिका र आरोपित दुबै फेला परेपछि इलाका प्रहरी कार्यालय कल्याणपुरमा माघ २१ गते बालविवाह र हाडनाता करणीको उजुरी दिनु भएको छ । तीन पुस्ताभित्र जेठा हजुरबुबाका नाती र कान्छा हजुरबुबाका नातिनीले माघ ११ गते भागेर प्रेमविवाह गरेकोमा गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर राजु अधिकारीले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भयो । प्रहरीले माघ २२ गते अदालतमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।