पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनका स्वकिय सचिव अशोक मरहट्टाले माघ ७ गते आफुमाथि कार्यकक्षमै कुटपिट भएको बताउनुभएको छ ।
पालुङटार नगरपालिका–२ का दुर्गालाल श्रेष्ठले चुनावको वेलाको खर्चको विषयलाई लिएर कुटपिट गरेको मरहट्टाले बताउनुभयो । कुटपिट गर्ने श्रेष्ठ माओवादीका पालुङटार–२ नम्वर वडाका वडा इन्चार्ज भएको र आफु पनि माअेवादी निकटकै भएको पीडीतले बताउनुभयो ।
देव्रे गाला र गर्दनमा चोट लागेका मरहट्टाको आपपिपल अस्पतालमा उपचार पछि माघ ७ गते नै घर फर्किनुभएको छ । माघ ७ गते नै इलाका प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै निवेदन दिएको पनि मरहट्टाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले कुटपिट घटनावारे अनुसन्धान भइरहेको बताउनुभयो ।