INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारी हटाइएपछि गौरीशंकर गाउँपालिकाको आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्दी

दोलखाको गौरीशंकर गाउँपालिका-१ मा कार्यरत तीन जना कर्मचारीलाई सेवाबाट हटाइएपछि माघ १ गतेदेखि स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ ।

गौरीशंकर गाउँपालिका-१ मा कार्यरत कार्यालय सहयोगी राधा खड्का खत्रीआधारभुत स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकी र अनमी सिर्जना खड्कालाई सेवाबाट हटाइएको हो । 

गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले आफूहरूलाई अन्याय र विभेदपूर्ण रुपमा हटाएको भन्दै उनीहरूले आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् । 

तालाबन्दीपछि कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा गाउँपालिकाले आफुहरूमाथि अन्यायपूर्ण निर्णय गरेकाले स्वास्थ्य केन्द्रमा तालाबन्दी गर्नुपरेको उल्लेख गरेका छन् । 

स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकीले गाउँपालिकाले निर्णय नसच्याएसम्म आन्दोलन गर्ने बताइन् । स्थानीय जनप्रतिनिधिहरूले पुर्वाग्रहका आधारमा लामो समयदेखि काम गर्दै आएका अनुभवी करारका कर्मचारी हटाउन थालेपछि विरोध हुँदै आएको छ । 

अन्य

भिडियो