अर्घाखाँची कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी/बन्दीलाई उपचारमा समस्या पर्ने गरेको छ । स्वास्थ्यकर्मी नभएका कारणले समान्य स्वास्थ्य परीक्षण र औषधिका लागि समेत जिल्ला अस्पताल पुग्नु पर्ने अवस्था रहेको छ ।
कारागारमा १५ जना महिला र २५ जना पुरुष गरी ४० जनाको क्षमता भएपनि कारागारमा ७२ कैदी/बन्दी रहेका छन् । जसमा महिला आठ र पुरुष ६४ जना रहेका छन् ।
कारागारमा जटिल मानसिक रोगी तीन जना डिप्रेशनको औषधि खाने कैदी/बन्दीहरू र सामान्य मानसिक रोगी १४ जना डिप्रेशनको औषधि खाने गरी १७ जना रहेका छन् । यसैगरी दुई जना पुरुष र एक जना महिला गरी तीन जना ज्येष्ठ नागरिक रहेका छन् ।
कारागारमा दीर्घरोगी १४ जना छन् । मुद्दाको छिनोफानो समयमै नहुँदा तीन जना कारागारमा बस्न बाध्य भएका जिल्ला कारागार शाखा प्रमुख रचना बुढाथोकीले बताउनु भयो ।
प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा कारागारमा रहेकाहरू मध्ये नागरिकता तथा मतदाता परिचय पत्र भएका २८ जनाले मतदान गरेको रचना बुढाथोकीले बताउनु भयो ।
क्षमता भन्दा बढी कैदी/बन्दी भएका कारण सुत्न र बस्न समस्या भएको छ भने नयाँ बन्दै गरेका भवन निर्माण भए सहज हुने बुढाथोकीले बताउनु भयो ।