INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेलधुरा जिल्ला घरभइ ललितपुर महानगरपालिका–१७ सिन्चाहिटीमा बस्ने ३० वर्षीय मनोजबहादुर साउदलाई प्रहरीले ०७९ पुस २४ गते  गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ललाइ फकाइ विवाह गर्ने प्रलोभन देखाइ निवासमा लगि ०७८ चैत १० गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले ०७९ पुस ४ गते जिल्ला प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

आरोपितलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर जावलाखेलका एसपी प्रवीण पोखरेलले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ४ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक तथा प्राध्यापक डाक्टर रवि शाक्यले बताउनु भयो ।

अन्य

भिडियो