INSEC Online

📅 २०८३ जेष्ठ २२

हत्या घटनाका आरोपित गिरफ्तार

धनगढीमाई नपा–६ की ७२ वर्षीया दर्पीदेवी कोइरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनकी बुहारी ५० वर्षीया चन्दा देवी महतोलाई इलाका प्रहरी कार्यालय लहानले पुस २० गते गिरफ्तार गरेको छ ।
पीडित पक्षका अनुसार आरोपितले पुस २० गते घरायसी  विवादका कारण भाटाले कुटपिट गर्दा मृत्यु भएकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पुस २० गते उजुरी दिएको मृतकका छोराले बताउनु भयो ।
शवको पोष्टमार्टम प्रादेशिक अस्पताल लहानमा पुस २० गते भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कृष्ण खत्रीका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।

 

 

अन्य

भिडियो