१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नगरपालिका– १ का २१ वर्षीय दिपेन्द्र विकलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले बताउनु भयो ।
पीडितलाई आरोपितले घरमै आएर बलात्कार गरेको पीडित पक्षले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताए ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २४ गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।