INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवअधिकार प्रति प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री पोख्रेल

“सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मुल  नाराका साथ ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस १० डिसेम्वरको अवसरमा शनिवार पोखरामा प्रभात फेरी कार्यक्रम साथै शुभकामना व्यक्त गरि भव्य रूपमा मनाइएको छ ।

मानवअधिकार महाभेला, गण्डकी प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम  पोखराको सृजनाचोकबाट प्रभातफेरीको आयोजना गरि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत  भएको हो

  ।03

गण्डकी प्रदेश सरकारकार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मानव अधिकारको इतिहासको बारेमा बताउदै मानव अधिकारका लागि लड्ने सम्पुर्ण व्यत्ति तथा संघ संस्थाहरुप्रति उच्च सम्मानका साथ स्मरण गर्नुपर्ने कुरा जनाउनुभयो । उहाँले संविधानमा भएका मौलिक हकको मात्र उपयोग गर्न पायौ भने मानव अधिकारका ८० प्रतिशत मानव अधिकारका अवस्थाहरु पुरा हने  बताउनुभयो । साथै मुख्यमन्त्री पोख्रेलले मानवअधिकारका बारेमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।

नेपालको संविधानमा भएका नियम कानुन अन्य विकसित देशहरुको भन्दा कम नभएको तर त्यसप्रति चेतना अधिवृद्धिको कमिले गर्दा कार्यान्वयनमा कमि देखिएकोले चेतना अभिवृद्धिका कुरामा सचेत हुनुपर्ने पनि जनाउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वयन समितिका प्रमुख लिलाधर पौडेल मानवअधिकार महाभेलाका संयोजक बिना शिलवाल, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थ, मानव अधिकार आयोगका प्रमुख मायादेवी शर्मा लगाएतले मानवअधिकार बारेमा बोल्नु भएको थियो ।

thumbnail_20221210_080717

 

अन्य

भिडियो